सबै पालिकामा आँखा उपचार केन्द्र आवश्यक


हरेकपल August 9, 2019

-वद्री नयाँघरे-

रामेछाप २४ साउन ।  सिंह दरवारको अधिकार गाउँमा पुर्याउन  संघियताको कार्यान्वयनमा लागेका जिल्लाका सरोकारवाला हरुले रामेछाप जिल्लाका हरेक पालिकाहरुमा आँखा जाँच केन्द्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
जिल्ला आँखा अस्पताल रामेछापले आज मन्थलीमा आयोजनागरेको परियोजना सल्लाहकार बैठककका अधिकांस सहभागिहरुले सो कुरालाई जोड दिएका हुन । उनिहरुले तामाकोशि सेवा समिति मार्फत सदरमुकाममा संचालित आँखा अस्पताल सर्व साधारणका लागि वरदान सावित भएको भन्दै त्यस खालको सेवा सवै पालीकामा संचालन गर्नका लागि पनि अनुरोध गरेका थिए । उनीहरुले जिल्लाका सबै पालिका र तिनको आसपासमा रहेको स्वास्थ्य केन्द्रमा पनि आखाँ उपचारको पनिब्यवस्था गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका अबसरमा जिल्ला सामुदायिक अाँखा केन्द्रका प्रमुख बासुदेव अधिकारीले आपलआँखामा मोतिबिन्दु, जलबिन्दु हुने र मधुमेहका कारण आँखाको पर्दामा असर हुने आखाको नानीमा घाउ हुने नबजात शिशुमा आँखा पाक्ने रोग हुने आपतकालिन अबस्थामा आँखामा चोटपटक लाग्ने , आँखा अल्छि हुने न्यून दृष्टि र दृष्टि दोष जस्ता धेरै आँखामा समस्या देखिने हुनाले यसको बेलैमा उपचार गर्नु पर्ने बताए । सो अबसरमा जिल्ला सामुदायिक अस्पताल रामेछापका अध्यक्ष डा सुमन कर्माचार्य ले रामेछापको खाँडादेवी गाँउपालिका स्थीत गाल्वा मा ओखलढुंगाको खिजी देम्बा गाउपालिकामा र सिन्धुलीको फिक्कल गाउँपालिकामा पनि आखा उपचार केन्द्र सञ्चालन गरिने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का ले आँखा उपचार केन्द्र जिल्ला स्तमा मात्र नभएर हरेक पालिका हरुमा स्थापना गर्नुपर्ने कुरालाई जोड दिए । आँखा प्रतिष्ठानको सहयोगमा बेला बेलामा हुने गरेको शिबिरबाट वर्षेउनि आँखाका रोगीहरु लाभान्बित हुँदै आएको पनि सो अवसरमा जानकारी गराईएको थियो ।

कार्यक्रमका सहभागि मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आँखा केन्द्रले जिल्लाको विकसमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दे यसको संजाललाई सवै पालीकाहरु सम्म पुर्याउने खालको वातावरण तयार गर्नू पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का, खाँडादेवी गाउपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, गोकुलगंगा गाउपालिकाकी उपाध्यक्ष राधिका नेवार र अन्य जनप्रतिनिधिहरुले पनि आँखा उपचार केन्द्र सबै पालिकामा संचालन गर्नका लागि आफुहरु पनि सहयोग गर्न तयार रहेको वताएका थिए ।

वैठकमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल , पत्रकार हिमाल ढुंगेल, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख रामचन्द्र पाठक लगाएतले जिल्ला सामुदायिक अस्पताल मार्फत हुने गरेको आँखाका रोगिहरुको उपचार प्रशसंनिय भएको भन्दै यसलाई सवै पालीकाम पुर्याउन सके मात्र सर्व साधारणले राहतको अनुभुति गर्ने वताए ।
यू एस ए हिमालय क्यटरयाक परियोजना को आर्थिक सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा जिल्लामा सञ्चालित जिल्ला सामुदायिक आँखा उपचार केन्द्र बाट हाल सम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका करिब १ लाख जनाको आँखा परिक्षण गरिएको र जसमध्ये ३ हजार २ सय जना मोतियाबिन्दुका रोगिहरुको सल्यक्रिया गरिएको पनि सो अवसरमा जानकारी गराईएको थियो ।