आज शनिबार कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण २५ गते


हरेकपल August 10, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २५ गते शनिवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको दशमी तिथि दिवा १।८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र राति २।२६ बजेसम्म रहनेछ । आज ऐन्द्र योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३२ मा छ भने सूर्यास्त बेलुका ६।४५ बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको दर्शन एवं जल अर्पण शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५