साप्ताहिक राशिफल २०७६ श्रावण २६–३२ गतेसम्म


हरेकपल August 11, 2019

मेष राशिः मेष राशिका लागि यो साता अर्थकरी रहनेछ । कार्य प्राप्तिको योग देखिन्छ । व्यापारमा वृद्धि हुनेछ । प्रेम जीवन सफल रहनेछ । अध्ययनमा रुचि जाग्नु्का साथै कला साहित्यमा विशेष अभिरुचि रहने देखिन्छ । मनमा उत्साह बढ्नुका साथै नयाँ कार्य गर्ने जोश जागर प्राप्त हुनेछ । पारिवारिक साथ सहयोगले साता सफल रहने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि यो साताको उत्तरार्ध शुभ फलदायी रहनेछ । मंगलबारसम्म कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । बुधबारबाट कार्यमा उन्नति हुँदै जाने छ । सामाजिक मान प्रतिष्ठा बढ्ने छ । यात्राका योग पनि रहेका छन् । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । आर्थिक वृद्धि हुने छ । नयाँ काम पाउने योग देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने छ । प्रेम जीवन सुखद् रहनेछ । व्यापारमा वृद्धि हुनुका साथै पारिवारिक सुख प्राप्त हुने देखिन्छ । मंगल र बुधबार स्वास्थयमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता विशेष लाभदायी रहनेछ । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्ने छ । शत्रु निर्वल छन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । मित्रजनको सहयोग मिल्नुका साथै कला सािहत्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । प्रेम जीवन सुखमय रहने देखिन्छ । बिहीबारबाट कार्यमा अवरोध रहन सक्ने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । नयाँ कार्यका अवसर पनि मिल्ने देखिन्छ । व्यापार व्यवसाय बढ्नुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ । प्रेम जीवन सफल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । स्वास्थ्यको क्षेत्र पनि सबल रहने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो साताको सुरुमा केही खर्च बढ्ने देखिन्छ । सोमबारसम्म कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने छ । मंगलबारबाट कार्यमा प्रगति हुँदै जाने छ । शत्रु पराजित हुने छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । व्यवसायमा सफलता मिल्नुका साथै साता प्रेमिल रहने देखिन्छ ।

तुला राशिः तुला राशिका निम्ति यो साता उन्नतिकारक रहनेछ । आर्थिक वृद्धि हुने छ । अध्ययनमा सफलता मिल्ने देखिन्त्र छ । सोचेका काम बन्ने छन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ । सामाजिक क्षेत्रमा रुचि जाग्ने छ । कीर्ति वृद्धिको योग देखिन्छ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै पदोन्नतिका अवसर मिल्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता लाभदायी रहनेछ । व्यवसायमा वृद्धि हुने छ । आमदानीका स्रोत बढ्ने छन् । कीर्ति वृद्धिका साथै सामाजिक क्षेत्रबाट विशेष लाभ रहने देखिन्छ । अध्ययनमा सफलता हात पर्ने छ । कार्य उन्नतिका साथै यात्राका अवसर पनि मिल्ने छ । शुक्रबारबाट कार्यमा शिथिलता आउन सक्ने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो साता फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । सामाजिक कार्यमा रुचि जाग्नुका साथै मान सम्मन प्राप्तिको. योग पनि देखिन्छ । व्यवसायमा वृद्धि हुदै जाने छ । धार्मिक कार्यमा रुचि जाग्ने छ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । पारिवारिक सुख प्राप्त हुने छ । मित्रजनको सहयोगले साता पे्रममय रहनेछ ।

मकर राशिः मकर राशिका निम्ति साताको उत्तरार्ध विशेष फलदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । सो पश्चात्को समय शुभ फलदायी रहनेछ । अध्ययनमा मन जाने छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य प्राप्तिको योग देखिन्छ । स्वस्थ्य सबल रहनेछ । व्यवसायको क्षेत्र फलदायी रहने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो साता विशेष फलदायी रहनेछ । कार्य लाभ हुने छ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि प्राप्त हुने छन् । व्यवसायमा वृद्धि हुनुका साथै यात्राका योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्ने छ । लक्ष्मी वृद्धिका साथै पारिवारिक सुख रहनेछ । मंगलबार र बुधबार कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो साता अर्थदायी रहनेछ । आय आर्जनका स्रोत बढ्ने छन् । कला मनोरञ्जनमा विशेष रुचि रहनेछ । पारिवारिक सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखमय रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । शत्रु पराजित हुने छन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । बिहीबारबाट खर्चमा वृद्धि हुने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५