इच्छा शक्तिको अभावले फस्टाएको भ्रष्टाचार


हरेकपल August 11, 2019

-बेनी बहादुर कार्की-

अहिले दैकिनजसो भ्रष्टाचार गरेको आरोपमा रंगे हात पक्राउ परिरहेका छन् । साल तमामी भएर होला यो आषाढ,श्रावणमात यो मात्रा झनै बढेको छ । यसरी पक्राउपरेकामा धेरै जसो कर्मचारी र केही जनप्रतिनिधी रहेका छन् । यसरी कारबाहीमा परेका मध्यम् र तल्ला स्तरका रहेका छन् । अपबाद बाहेक ठूला र नीति निमार्ण तहका कारबाहीमा परेको पाइएका छैनन् । यसको अर्थ यस्तो हुन सक्छ । पहिलो यो तहका मानिस घुसै खाँदैनन् । होइनभने यो तहका मानिसलाई कारबाही गर्ने अख्तियारमा दमनै छैन । दम होस्पनि कसरी? नियुक्तीको बेलादेखिनै पाता कसेर बर्तमान सरकारले माहाअभियोगको रापमा जो सेकेकोछ । यही तापले यी कर्मचारीलेपनि त्यतातिर हेर्नै सक्दैनन् ।

माथिको अबस्थाले सजिलै के बुझिन्छभने बर्तमान् सरकारको भ्रष्टाचार बिरुद्दमा नियंणगर्ने इइच्छा शक्तिनै छैन । इच्छा शक्ति नभएपछि भ्रष्टाचार नियंत्रण हुने कुरै हुँदैन । यो भनेको भ्रष्टाचार नियंत्रण गर्ने भनेको भाषणमामात्र हो । भित्री दाउत खाने कमाउनेनै हो । यसो भएपछि भ्रष्टाचार नियंत्रण हुँदैन । भ्रष्टाचार नियंत्रण हुन मुहान सफा हुन जरुरी छ । मुहान फोहोर भएसम्म सर्बत्र फोहोर भइनै रहन्छ । यसको अर्थ यो अबस्था रहेसम्म भ्रष्टाचार कम हुने होइन ,बढिनै रहन्छ । अहिले त्यही भइरहेको छ ।

भ्रष्टाचारको सबालमा योतभयो खाने कमाउने र मुलुक हाँक्ने नेतृत्वमा रहेको बर्तमान् सरकारको भ्रष्टाचार नियंत्रण गर्न इच्छा शक्तिमै कमी भएको कुरा । तर भ्रष्टाचारको सबाालमा कुरा यतीमामात्र सीमीत छैन । अहिलेको गम्भिर अबस्था केछभने कोहीपनि चोखो नरहेको अबस्था देखिएको छ । कुनै नेता, कुनै कर्मचारी,कुनै संबैधानिक अंग , यतीसम्मकि स्वयं अख्तियारकै आयुक्त र अधिकृतसमेत अपबाद बाहेक भ्रष्टाचारमा मुछिएको दुःखद अबस्था छ । यो भनेको कतै हाम्रो संरचना र सोचनै गलतछकि भनेर आशंका गर्नूपर्ने भएको छ । पैसा हुनेलाई मान्,सम्मान् सबै हुने, पैसा नभएका इमान्दारको केहीपनि नहुने होभने यसरी सँधै चल्दैन । यस्तैहोभने जहिले सुकै नराम्रो दुर्घट्ना हुन सक्छ । भ्रष्टाचारमा कारबाहीमा परेकाहरु दुर्घट्नाको संकेत हो । यही संकेतबाट बाँकी सबैले बेलैमा पाठ सिक्नु बेश हुनेछ ।

अहिले भइरहेका दुर्घटना अरु जस्लाईपनि पर्न सक्छ । जनता र देशको हित गर्छु भनेर सार्बजनिक पद धारण गरेकाहरुले भ्रष्टाचार गरेमा उनीहरु कारबाहीमा परेपनि नपरेपनि कर्तब्य च्यूत त हुनेनै भए । तर जेभएपनि यो खराब कामहो भन्ने बेलैमा बुझेर कसैलेपनि भ्रष्टाचार नगर्नुनै बुद्दीमानी हुने छ । यसका लागि सरकार र समाजलेपनि भ्रष्टाचारीलाई प्रत्येक पाइलामा असहयोग आन्दोलन् गर्न जरुरी हुन्छ । सरकारमा रहेका, दलमा नेतृत्व गरेका र हरेक ब्यतिm र समाजमा रहेका घुस बिरोधी इमान्दारले भ्रष्टाचारीलाई असहयोग आन्दोलन चलायोभने अहिले भ्रष्टाचार नियंत्रण नगरेर भ्रष्टाचार बढाइरहेको सरकारलेपनि भ्रष्टाचार नियंत्रणगर्ने इच्छा शतिm राख्न बाध्य हुनेछ । र अहिले भइरहेको ब्यापक भ्रष्टाचार निसन्ंदेह नियंत्रण हुनेछ ।

( लेखक श्वतन्त्र पत्रकार हुनुहुन्छ )