-विजय राई-
धनकुटा २६ साउन। नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति जितेन्द्र राईलाई सागुरीगढी गाउपालिकाका मनोनित सदस्य बालकृष्ण राईले षडयन्त्र पूर्वक ढंगले चरित्र हत्या गरेको र नेपाली कांग्रेसलाईनै बदनाम गर्ने कार्य गरेकोमा गंभिर आपत्ति जनाउदै आन्दोलन गर्ने समेत चेतावनी दिदै आज प्रेस विज्ञप्ती जारी गरेको छ ।नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सागुरीगढी गाउपालिकाका मनोनित सदस्य बालकृष्ण राईको नेतृत्वमा केहीदिन अघि टोलको बैठकगरी नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापति जितेन्द्र राईको निर्देशनमा सागुरीगढीको भेडेटारको थुम्कि स्थित आजादीवासी जनजाती पार्क र सूर्यदय बुद्धविहार जाने सडक भत्काएको पनि षडयन्त्र पूर्वक ढंगले निर्णय गरी प्रचार प्रसार गराई क्षेत्रिय सभापति जितेन्द्र राईको मनाहानी गरेको र नेपाली कांग्रेस प्रति भ्रम सिर्जना गरेको प्रति नेपाली कांग्रेस धनकुटाले गंभिर रुपमा आपत्ति जनाएको उल्लेख गरिएको छ ।
सडक निर्माण र विस्तार सम्वन्धि सरोकारवालाहरुको समहतीमा निर्माण गरिनु पर्नेमा विवाद सिर्जना गरी टोलको बैठक बोलाएर आफुले चाही बैठकमा हस्ताक्षर नगरी पूर्वग्रहरी र षडयन्त्र पूर्वक ढंगले मनोनित सदस्य बालकृष्ण राईले कपोल कल्पित ढंगबाट नेपाली कांग्रेस र क्षेत्रिय सभापतिको बदनाम र मानाहानी गर्ने कार्य गरेकोले उक्त कार्यको घोर भत्र्सना गर्दै उक्त कार्यमा सलंग्न व्यक्तिलाई तत्काल कारवाही गर्न समेत विज्ञप्तमिा माग गरिएको छ ।सम्वन्धित पक्ष र सरकारवाल निकायले पहल गरी साउन २६ गते सम्म समस्याको समाधान नगरे नेपाली कांग्रेस धनकुटा सशक्त रुपमा आन्दोलन गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।उक्त घट्नाको वारेमा गाउपालिकाले बोलाएको छलफल कार्यक्रममा घट्नामा संलग्न मुख्य व्यक्ति न्याय समितिको सदस्य समेत रहेका मनोनित गाउपालिका सदस्य बालकृष्ण राई दिनको पाच बजे सम्म नआए पछि गाउपालिका प्रमुख र उप्रमुखको कायकक्षमा सुक्रवार देखी नेपाली कांग्रेस क्षेत्रिय समिति धनकुटाले तालाबन्दी गरेका छन ।