इदका अवसरमा सार्वजनिक बिदा


हरेकपल August 11, 2019

जनकपुर, २६ साउन । इदका अवसरमा प्रदेश नम्बर २ ले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीको चाड इद ऊल अजाह (बकर इद)को अवसरमा प्रदेश २ ले बिा दिने भएको हो ।

प्रदेश २ सरकारको यो निर्णयसँगै प्रदेश २ अन्तर्गतका कार्यालयमा भोलि बि हुनेछ । तर, केन्द्रअन्तर्गतका कार्यालयमा भने संघीय सरकारको गृह मन्त्रालयले स्वीकृति दिएमा मात्रै बिदा हुन्छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बी तथा प्रदेशवासीलाई शुभकामना पनि दिएका छन् ।