आज सोमप्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण २७ गते


हरेकपल August 12, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २७ गते सामवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको द्वादशी तिथि दिवा १।१ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र राति ४।१७ बजेसम्म रहनेछ । आज विष्कुम्भ योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । आज सोमप्रदोष व्रत परेको छ । आज भगवान् शिवजीको उपासना कल्याणकारी रहनेछ । श्रावण महिनाको अन्तिम सोमबार भएकाले पनि आज शिवजीको उपासना शुभ हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५