काँग्रेसका सभापति देउवाद्वारा बकर इदको शुभकामना


हरेकपल August 12, 2019

 

काठमाडौँ, २७ साउन  । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘इद उल जोहा’(बकर इद)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘इद अल जोहा’ले नेपाली समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताउनुभएको छ । देउवाले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि इस्लाम धर्मावलम्बीहरूको योगदानको चर्चा पनि गर्नुभएको छ ।

‘लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ ।