प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना


हरेकपल August 12, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । ईद–उल– अजहा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहीनी सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाति र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । बकर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।