बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ


हरेकपल August 12, 2019

काठमाडौं २७ साउन । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । उनलाई अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।