आज मंगलबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण २८ गते


हरेकपल August 13, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २८ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको त्रयोदशी तिथि दिवा १।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र अहोरात्र रहनेछ । आज प्रीति योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी हनुमानजीको आराधना पनि आज शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५