मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी


हरेकपल August 12, 2019

काठमाडौं, २७ साउन । एक्कासि विद्युत सर्ट भएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।

महानगरीय प्रहरी बृत महाराजगञ्जका अनुसार भवनको माथिल्लो तलामा आगलागी भएको हाे ।

प्रहरीले अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिएकाे छ ।