प्रदेश २ मा भोली सार्वजनिक बिदा


हरेकपल August 14, 2019

जनकपुरधाम,२९ साउन । भोली हिन्दुधर्मालम्बीहरूको पर्व जनै पुर्णिमा (रक्षाबन्धन) को अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गरेका छन । राउतले रक्षाबन्धन हर्षोल्लासका साथ मनाउँन सबैमा आग्रह गरेका छन् ।प्रदेश २ ले यसअघि बकर इदमा पनि सार्वजनिक बिदा दिएको थियो ।  संघीय सरकारले विभिन्न पर्वहरुमा बिदा कटौती गरेपनि प्रदेश २ को सरकारहरुले बिदा दिँदै आएको छ ।