आज गाईजात्रा, शुक्लप्रतिपदारम्भ हेर्नुहोस् आजको दिन २०७६ श्रावण ३१ गते


हरेकपल August 16, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ३१ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको प्रतिपदा तिथि बेलुका ६।२० बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र दिवा १०।२४ बजेसम्म रहनेछ । आज सोभन योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३४ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज चान्द्रमास अन्तर्गत भाद्र कृष्णपक्षको प्रतिपदा आरम्भ भएको छ । कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जाने गर्दछ । यसैगरी आज गाईजात्रा पर्व पनि परेको छ । यो पर्व जनै पूर्णिमाको भोलिपल्ट पर्ने गर्दछ । सन्तान विरहबाट पीडितलाई शान्ति दिलाउने उदेश्यले गाईजात्रा निकाल्ने प्रचन परापूर्वकालदेखि चलिआएको पाइन्छ । यस अवसरमा विभिन्नन व्यङ्ग्ग्यात्मक प्रहसन पनि प्रस्तुुत गरिन्छ ।

 
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५