हेटौंडामा बस दुघर्टना एकको मृत्यु, १५ जना घाइते


हरेकपल August 16, 2019

 

हेटौँडा, ३१ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका १९ स्थित दारिमटार नजिकै बस दुर्घटना हुँदा एकको मृत्यु, १५ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका ५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः ३० बजे दुर्घटना भएको थियो । बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेमा आठ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । चार जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने तीन जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दुर्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ । गोरखापत्रबाट