वामदेव बने नेकपा उपाध्यक्ष, ३२ विभागमा यसरी भयो जिम्मेवारी बाँडफाँड (हेर्नुहाेस्)


हरेकपल August 16, 2019

काठमाडौं ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुखको विषय टुंगाएको छ । लामो कसरतपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले विभागका प्रमुखको विषय टुङ्गो लगाएको हो ।

धेरै नेताहरुले दाबी गरेको स्कूल विभागको प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतम, प्रचार विभाग प्रमुखमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ ।

हेर्नुहोस कसलाई के जिम्मेवारी