आज शनिबार, कास्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ३२ गते


हरेकपल August 17, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ३२ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको द्वितीया तिथि बेलुका ८।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र दिवा १२।५९ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३५ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको पूजा एवं दर्शनले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५