मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै दिन सफल रहने देखिन्छ ।
वृष राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहनेछ ।
मिथुन राशिः आर्थिक उन्नति हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट राशिः कार्यमा अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै शारीरिक आलश्यता रहनेछ ।
सिंह राशिः पराक्रम बढ्नेछ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
कन्या राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै धार्मिक कार्यमा मन जानेछ ।
तुला राशिः अध्ययनमा सफलता मिल्नेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
वृश्चिक राशिः आर्थिक अस्थिरता रहनेछ, स्वास्थ्य प्रतिकूलताका साथै दिन खर्चिलो रहने देखिन्छ ।
धनु राशिः पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।
मकर राशिः मनमा प्रसन्नता रहनेछ, आय बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।
मीन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५