आज भाद्रसंक्रान्ति, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १ गते


हरेकपल August 18, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको १ गते आइतबार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको तृतीया तिथि राति १०।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा ३।३५ बजेसम्म रहनेछ । आज सुकर्म योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३६ मा छ भने सूर्यास्त बेलुका ६।३८ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज भाद्रसंक्रान्ति हो । अजबाट सूर्य सिंह राशिमा प्रवेश गरेका छन् । संक्रान्तिमा स्नान, दान एवं ब्रह्मण भोजन जस्ता कार्य शुभ रहन्छन् । यसैगरी आज पञ्चाङ्ग श्रवण गर्नाले गंगा स्नान गरेबराबरको फल प्रप्त हुने शास्त्रीय वचन पाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५