मेष राशिः मेष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कला साहित्यका क्षेत्रमा विशेष रुचि रहनेछ । खर्च भने बढ्नसक्ने देखिन्छ । पराक्रम बढ्नुका साथै जग्गा जमीनबाट विशेष लाभ हुने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । कर्म क्षेत्र बलबान रहनेछ । पदोन्नतिका अवसर अवसर मिल्नेछन् । सामाजिक कार्यमा मन जानेछ । आमदानीका स्रोत बढ्दै जाने देखिन्छ ।
वृष राशिः वृष राशिका लागि महिना अर्थदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । धनको क्षेत्र मध्यम रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । कार्यमा सफलता मिल्नेछ । अध्ययनको क्षेत्र सबल रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । पारिवारिक क्षेत्रबाट पनि साथ सहयोग मिल्ने देखिन्छ ।
मिथुन राशिः मिथुन राशिका लागि यो महिना लाभदायी रहनेछ । नयाँ कार्यका अवसर मिल्नेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कृषि कर्ममा मन जानेछ । आफन्तजनबाट पनि साथ र सहयोग मिल्ने देखिन्छ । विद्या र धनको क्षेत्र सबल रहनेछ । मित्र सहयोग मिल्ने देखिन्छ । भू–धन विशेष लाभदायी रहनेछ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु उपयुक्त हुने देखिन्छ ।
कर्कट राशिः कर्कट राशिका लागि यो महिनाको उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा संघर्ष गर्नुपर्ने देखिन्छ । आर्थिक क्षेत्र सबल देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्ने छ । मित्र जनबाट विशेष साथ सहयोग मिल्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पराक्रम बढ्नेछ । व्यापारको क्षेत्र फलदायी रहनेछ । आमदानीका स्रोत बढ्दै जानेछन् । पत्रु पक्ष भने सबल रहनेछन् । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । अध्ययनको क्षेत्र सफल रहने देखिन्छ ।
सिंह राशिः सिंह राशिका लागि यो महिना यात्रादायी रहने देखिन्छ । कार्यमा उन्नति हुनेछ । व्यापार बढ्नुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । नयाँ काम मिल्ने योग देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । मित्रजनबाट पनि साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । भाग्यमा अभिवृद्धि हुनेछ । प्रेम जविन सुखद् रहनेछ । कार्यमा उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कन्या राशिः कन्या राशिका लागि यो महिना केही खर्चिलो रहनसक्ने देखिन्छ । मिष्ठठान्न भोजनका सुअवसर प्राप्त हुनेछन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । भू–धनबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम छ । शत्रु सबल रहनेछन् । कार्यमा केही कठिानाइको सामना पनि गर्नुपर्ने देखिन्छ । व्यवसायमा उन्नति हुँदै जाने छ । मित्रजनबाट पनि सजग रहनु उचित देखिन्छ । धार्मिक कार्यले महिना सफल रहने देखिन्छ ।
तुला राशिः तुला राशिका लागि यो महिना लाभदायी रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुने देखिन्छ । बौद्धिक क्षेत्रमका उन्नतिकारक रहनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यको क्षेत्र सबल छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । शत्रु पराजित हुनेछन् । स्वजनबाट भने सजग रहनु होला । सामाजिक कार्यमा रुचि जाग्नुका साथै राजनीतिक क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना सुखद् रहने देखिन्छन् । कर्म क्षेत्रमा उन्नति हुनेछ । आर्थिक वृद्धिका योग देखिन्छन् । व्यापार व्यवसायको क्षेत्र सबल रहनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । कृषि कर्ममा मन जानेछ । यात्राका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्नेछ । सन्तान सुखका साथै धार्मिक सामाजिक कार्यमा मन जानेछ । आमदानीका क्षेत्र बढ्नुका साथै आर्थिक समृद्धिको योग देखिन्छ ।
धनु राशिः धनु राशिका लागि यो महिनाको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । महिनाको पूर्वाद्र्धमा कार्यमा कठिनाइको सामाना गर्नुपर्ने देखिन्छ । खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्नेछ । महिनाको उत्तराद्र्धसँगै कार्यमा पनि उन्नति हुँदै जानेछ । सोचेका काम बन्नेछन् । मनमा प्रसन्नता रहनेछ । मित्र जनबाट साथ सहयोग मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कार्यको थालनी हुने योग देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । भौतिक क्षेत्र विशेष फलदायी रहनेछ । भू–धन विशेष लाभदायी हुने देखिन्छ । प्रेममा सफलता मिल्ने देखिन्छ ।
मकर राशिः मकर राशिका लागि यो महिना कार्यदायी रहनेछ । संघर्ष गर्नुपरेपनि सफलता मिल्ने देखिन्छ । व्यवसायमा वृद्धि हुनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । स्वास्थ्यका क्षेत्रमा सजग रहनु नै उचित हुनेछ । शत्रु पक्ष सबल रहने भएकाले कार्यमा सजगता अपनाउनु उचित हुनेछ । सामाजिक क्षेत्रबाट मान प्रतिष्ठा मिल्ने देखिन्छ । स्वजनबाट साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख शान्ति मिल्ने देखिन्छ । खर्च बढ्नुका साथै अपव्ययको योग पनि देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।
कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना यात्रामयी रहनेछ । कार्यमा प्रगति हुने छ । अध्ययनको क्षेत्र सबल देखिन्छ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । व्यापार बढ्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । पारिवारिक क्षेत्रबाट पनि विशेगष लाभ देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । आमदानीका स्रोत बढ्ने छन् । शत्रु पक्ष भने सबल देखिन्छ । स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि पनि हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै कृषि कार्यमा मन जाने देखिन्छ ।
मीन राशिः मीन राशिका लागि यो महिना उत्तम फलदायी रहनेछ । कार्य क्षेत्रमा उन्नति हुनेछ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा विशेष समय व्यतित हुनेछ । राजनीतिक क्षेत्र सबल छ । यात्राका अवसर मिल्ने छन् । पारिवारिक क्षेत्रबाट पनि साथ सहयोग मिल्ने देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । मित्रजनको सहयोग मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । स्वास्थ्य क्षेत्र निर्वल रहेकाले विशेष ध्यान दिनु उचित देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।
उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५