वचनमा किन दरिद्र हुँनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 18, 2019

प्रियवाक्यप्रदानेन सर्वेतुष्यन्ति मानवाः ।
तस्मात् प्रियं हि वक्तव्यं वचने का दरिद्रता ?      –हितोपदेश

मिठो वोली वचनले सबै खुशी हुन्छन् भने वचनकै निम्ति के दरिद्र हुनु ?

सबै खुशी हुने भनेको मीठो बोली वचनले नै हो । यही बालीले जीवन बन्छ र सकिन्छ पनि । स्वभावले नै मान्छे प्रशंसाको भोको हुन्छ । कतै न कतैबाट भएपनि मान्छेले हौसला खोजिरहेको हुन्छ । त्यो उसका निम्ति एउटा उत्प्रेरणाको स्रोत बन्न पुगिरहेको हुन्छ । त्यसैले मीठो बोल्दैमा, कसैको प्रसंशा गर्दैमा उसको जीवन सफल रहन्छ भने मीठो बोल्नमा दरिद्र बन्नु हुँदैन । सहजताका साथ नै मीठो बोलिदिनुपर्छ । प्रशंसा नै गरिदिनुपर्छ । किनकि यो संसारमा कोही पनि पूर्ण छैन । पूर्ण केवल ईश्वर छन् । अतः मीठोबोल्दैमा सबै खुशी हुन्छन् त्यसैले प्रियवाक्य नै सदा बोल्नु उचित हुन्छ । वचनमा दरिद्र बन्नु हुँदैन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–