प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै


हरेकपल August 18, 2019

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो ११:०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका रहेको छ । तर विगत दुई-तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।गोरखापत्रबाट