नारी जागरणको २१औं वार्षिक साधारणसभा सम्पन्न


हरेकपल August 18, 2019

नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. को २१औँ साधारणसभा सम्पन्न भएको छ । बनेपाको नाला, शेरामा रहेको नारी जागरण सहकारी संस्थामा १२०५ जना सदस्य रहेका छन् । महिला मात्र सदस्य बन्न पाउने यस संस्थाको शेयर पूँजी १ करोड १७ लाख ९८ हजार रहेको छ भने संस्थाको कूल सम्पत्ति ९ करोड ८ लाख ६८ हजार रहेको छ ।

२१औँ वार्षिक साधारणसभाका अवसरमा स्थानिय सामाजिक एवम् राजनीतिक अभियन्ता, महिला अभियन्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नारी चेतना केन्द्रका अध्यक्ष सृजना पौडेलले अब एकीकरण तिर अगाडि बढेर सबल संस्था बनाउनुपर्ने आवश्यक्ता रहेको बताइन् । नेफ्स्कून लेखा समिति सदस्य विपिन शर्माले संस्थाका सदस्यहरूलाई सम्पूर्ण कारोवार आफू सदस्य रहेको संस्थाबाटै गर्न सुझाव दिनुका साथै नीति र विधिमा चल्नका लागि आवश्यक सहयोग गर्न नेफ्स्कून तयार रहेको बताए ।

नारी चेतना केन्द्रको संजालमा रहेको नारी जागरण बचत तथा ऋण सहकारी संस्थाले संजाल भित्रका अन्य संस्थासँग मर्जरका लागि छलफल प्रारम्भ समेत गरिसकेको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।