आज चौथी तिथि, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ भाद्र २ गते


हरेकपल August 19, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको २ गते सोमबार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको चतुर्थी तिथि राति १२।१० बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र बेलुका ६।३ बजेसम्म रहनेछ । आज धृति योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३६ मा छ भने सूर्यास्त बेलुका ६।३७ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । आज भाद्र कृष्णपक्षको चतुर्थी तिथि गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५