सर्वं परवशं दुःखं सर्वम् आत्मवशं सुखम् ।
एतद् विद्यात् समासेन लक्षणं सुख दुःखयोः ।। –नीति श्लोक
जुन वस्तु आफ्नो वशमा छ त्यो सुख हो भने अरुको वशमा हुनु महादुःख हो ।
संसारमा स्वतन्त्रतालई सुखको माध्यम मानिएको छ । स्वतन्त्रता नै सुख हो भन्ने नीति वचन पाइन्छ । आफ्नो अनुकूल रहने कार्य नै सुखको स्रोत हो । आफूले भनेजस्तो भएन भने त्यो दुःखको कारण हो । आफ्नो अधीनबाट टाढा रहनु अत्यन्त दुःख हो । आफ्नो अनुकूल रहनु सुख हो भने प्रतिकूल रहनु दुःखको कारण हो भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–