पुडासैनीकी पत्नीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी


हरेकपल August 18, 2019

काठमाडौं, १ भदौ । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी पत्नीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी छन् । पत्रकार पुडासैनीकी पत्नीले तीनै जनालाई हदैसम्मको कार्बाही माग गर्दै आज जाहेरी दिएकी हुन् ।

काठमाडौं प्रहरीले जाहेरी रुजु गरेर प्रहरी कार्यालय चितवन पठाउने भएको छ । १३ दिने काजकिरिया सकेपछि जाहेरी दिन पुडासैनीकी पत्नी प्रहरी कार्यालय पुगेकी थिइन् ‘जाहेरीलाई खामबन्दी गरी चितवन पठाउने तयारी भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने । अहिले पक्राउ परेका तीनै जनाविरुद्ध अहिले चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।