‘शिल्पा र छविलाई तत्काल पक्राउ नगर्नू’- सर्वाेच्चकाे आदेश


हरेकपल August 18, 2019

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले फिल्म निर्माता छविराज ओझा र उनी कान्छी पत्नी शिल्पा पोखरललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उनले उच्च अदालत हुँदै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । फिल्म निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन् । उनले छवि र शिल्पा दुवैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्। सर्वोच्चले दुवै पक्षलाई १५ भदौमा छलफलका लागि बोलाएको छ।