भदौ १, काठमाडौं । २०७५ सालको मदन पुरस्कार योगेश राजलाई दिइने भएको छ । उनको रणहार उपन्यासका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो । यसैगरी लामो समयसम्म नेपाली भाषा र साहित्यका क्षेत्रमा योगदान पुर्याउनुभएका वरिष्ठ कवि वैरागी काँइलालाई जगदम्बा श्री पुरस्कार प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको हो । पुरस्कारको राशि दुई लाख रहेको छ ।