काठमाडौँं– केहीदिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झनाले पतिकाे आत्महत्यामा दुरुत्साहन गरेकाे आराेपमा तीनजनाविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
सम्झनाले सीधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी हुन् ।
सम्झनाले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् । तीनैजनाविरुद्ध आत्महत्याका लागि दुरुत्साहन गरेकाे आराेप लगाउँदै हदैसम्मको कारबाही माग गरिएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको छ । प्रहरीले लामिछानेसहित तीनैजनालाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा थुनामा राखेर अनुसन्धान गरिहेको छ ।