आज बिरुडापञ्चमी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ३ गते


हरेकपल August 20, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ३ गते मंगलबार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको पञ्चमी तिथि राति १।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र बेलुका ८।१४ बजेसम्म रहनेछ । आज शूलम् योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३७ मा छ भने सूर्यास्त बेलुका ६।३६ बजे हुनेछ ।
चन्द्रमा आज मीन राशिमा छन् । आज गौरा पर्वको पहिलो दिन बिरुडापञ्चमी हो । आज घरघरमा बिरुडा भिजाउने गरिन्छ । गहत, केराउ, मास, गहुँ आदि मिसाएर बिरुडा भिजाउने चलन रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५