आजको राशिफल २०७६ भाद्र ३ गते, मंगलवार


हरेकपल August 20, 2019

मेष राशिः शारीरिक आलश्यता रहनेछ, कार्य हानिका साथै मनमा अस्थितरा रहने देखिन्छ ।

वृष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ, आय बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः दिन सुखद् रहनेछ, कार्यउन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

कन्या राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

तुला राशिः मित्र लाभ हुनेछ, आय बढ्नुका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, कान्ति वृद्धिका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।

धनु राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य हानिका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

मकर राशिः विद्या लाभदायी रहनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कुम्भ राशिः धन लाभ हुनेछ, मित्र सुखका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

मीन राशिः धार्मिक कार्यमा मन जानेछ, कार्य लाभका साथै दिन सुखद् रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५