संसारको बहुमूल्य कुरा के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 20, 2019

आयुषः क्षण एकोपि सर्वरत्नैर्न लभ्यते ।
नीयते तद् वृथा येन प्रामादः सुमहानहो ।। –नीति श्लोक

जतिसुकै खर्च गरेपनि वितेको समय पाइदैन । यो बहुमूल्य समयलाई व्यर्थमा खेर पनि फाल्नु हुँदैन ।

संसारमा सबैभन्दा बहुमूल्य वस्तु भनेको नै समय हो । अरु सबै किनेर पाइए नि वितेको समयलाई जतिसुकै खर्च गरे पनि पाइँदैन । एक क्षण समयको पनि अधिक महत्त्व रहन्छ । प्रत्येक क्षण जो वितिरहेको छ त्यो लाखौँ खर्च गरेर पनि प्राप्त हुन नसक्ने भएकाले यो बहुमूल्य समयको सदु्पयोग बेलैमा गर्नुपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–