धनकुटा । नेपाली कांग्रेस धनकुटाले हिजो नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापति ध्रुब (मणिर्कण) दाहालकी आमा हर्कमाया दाहालको हिजो विहान असमायिक निधन भएकोमा उहाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाई सम्मान गरेको थियो ।
धनकुटाको मुलघाट स्थित तमोर नदीमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सविच विजय सन्तोषी राई,जिल्ला सदस्यहरु कमोट फागो,विष्णु प्रसाद पौडेल,मोहन वान्तवा,नेपाली कांग्रेस छथर जोरपार्टी गाउपालिकामा सभापति छत्र सुब्बा र नेपाल तरुण दल धनकुटका क्षेत्रिय अध्यक्ष तिलक महतले हिजो निधन भएकी पार्टीका छथरजोरपाटी गाउपालिकाका उपसभापति ध्रुव(मणिर्कण) दाहालकी आमा हर्कमाया दाहालको पार्थिव शरिरमा कांग्रेसको चारतारे झण्डा ओढाई सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
सो अवसरमा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,अर्थ सचिव रोहिणी पाण्डे,नेपाल शिक्षक संघ छथरजोरपाटीका अध्यक्ष हरी प्रसाद दाहाल लगायतले समेत स्वर्गीय हर्कमाया दाहाल प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसैगरी छथरजोरपाटी गाउपालिका अध्यक्ष शेर वहादुर लिम्बु,वडा नं. ३ का वडाध्यक्ष ज्ञान वहादुर लिम्बु र आफन्त जन तथा मलामीजनले समेत स्वर्गीय हर्कमाया दाहाल प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । भने उहाँको जिवनी छथरजोरपार्टी गाउपालिकाका यूवा समाजसेवी गिरिराज दाहालले वाचन गगरेका थिए ।
नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापति ध्रुब –मणिर्कण) दाहालकी आमा हर्कमाया दाहालको हिजो विहान ७५ बर्षको उमेरमा उहाकै निवास छथरजोरपाटी गाउपालिका वडा नं. ३ मा असमायिक निधन भएको थियो ।
शरु राई धनकुटा