काठमाडौँ, ३ भदौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठककाे आह्वान गरेका छन् । सर्वदलीय बैठकका लागि नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी र राजपा गरी चार दलका शिर्ष नेताहरुलाई बोलाएका छन् । ओलीले राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्ने भएकाे छ ।