स्वास्थ चौकिलाई लाखौँको जग्गा निशुल्क


हरेकपल August 20, 2019

-वद्री नयाँघरे-

रामेछाप ३ भदौ । खाँडादेवी गाउँपालीका वडा नं ४ पकरवासको २ परिवारले आफनो वडामा रहेको स्वास्थ चौकिको भवन निर्माणका लागि लाखौको जमिन उपलव्ध गराएका छन  । स्थानिय काशी नारयण मानन्धर दम्पति र उहाँका छिमेकि दीपक मानन्धरले उक्त जग्गा स्वास्थ चौकिलाई निशुल्क उपलव्ध गराएका हुन् ।

सो वडाका वडा अध्यक्ष धन वहादुर मानन्धरको विषेश अनुरोधका आधारमा उहाँहरुले स्थानिय भिमसेन स्थान नजिकैर्को सो जग्गा स्वास्थ चौकिलाइ निशुल्क उपलव्ध गराउने घोषणा गर्नु भएको हो । साविकको क्षेत्र नं २ र खाँडादेवि गाउँपालीकाका मेरुदण्ड सडकको रुपमा परिचित मन्थली गाल्वा सडक संगै जोडिएको उक्त सडक छेउमा काशि नारायण मानन्धर दम्पितले २ रोपनी र दिपक मानन्धरले १ रोपनी जग्गा दान दिने निर्णय गरेका हुन् ।


जग्गा छेउको सडकमा कालोपत्रेको काम तिव्र गतिमा अगाडी वढिरहेकोले हाल त्यहाँको जग्गाको किनवेच पनि तिव्र रुपमा भैरहेको छ । स्थानिय चलन चल्तीको मुल्य अनुसार हाल उक्त जग्गा रोपनीको ८ लाख रुपैयाँमा खरिद विक्रि भैरहेका पुर्व गाविस अध्यक्ष भक्त वहादुर मानन्धरले जानकारी दिए । उनले भने दुवै परिवारले स्वास्थ क्षेत्रको विस्तारमा पुर्याएको योगदान अतुलनिय छ । उहाँहरुले आफनो हैसियत माथी उठेर सहयोग गर्नू भएको छ ।

दाता दुवैको परिवारलाई सहमति गराएपछि स्थानिय हरुको रोहवरमा जग्गा नक्शांकनको काम पनि सकिएको वडा न ४ का वडाध्यक्ष धन वहादुर मानन्धरले जानकारी दिए । उनका अनुसार वडाको मुकाम तथा वडा कार्यालय पनि त्यहि नजिकै र वडा भरिकै मुख्य केन्द्र पनि त्यहि भएको र त्यसले सिडो वडावासीलाई राहत को अनुभुति हुने विश्वास वडा कार्यालयले गरेको जानकारी पनि उनले गराए । उनले आफनो र वडा समितिको विश्वासमा उहाँहरुले गरेको लाखौको जग्गा दिने निर्णय स्वागत योग्य भएको पनि वताए ।