वि.पी जयन्ती भव्य रुपमा मनाउने धनकुटा कांग्रेसकाे तयारी


हरेकपल August 20, 2019

-विजय राई –

धनकुटा ३ भाद्र । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भएको बैठकले वि.पी जयन्ती जिल्ला र गाउपालिकास्तर सम्म भव्य रुपमा मनाउने लगायत विभिन्न निर्णयहरु गरेकाे छ । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको बैठकले भाद्र २४ गते वी पि जयन्तीको अवसरमा जिल्ला ,क्षेत्र र गाउपालिका स्तरमा भव्य रुपमा कार्यक्रम गर्ने निर्णय गर्नुका साथै समसामयिक विषय लगायत अन्य पार्टीसंग बार्ता गर्नका लागी सभापति अग्नी प्रसाद पौडल,निर्वतमान सभापति संविधान सभा सदस्य मनोरहर नरायण श्रेष्ठ र निर्वतमान उपसभापति अजित नारायण सिंह थापालाई जिम्मेवारी दिने निर्णय गरेको सविच विजय सन्तोषी राईले वताउनु भयो ।

यसैगरी अन्य पार्टी बाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेकोले पार्टी प्रवेश गराउने अभियानलाई व्यवस्थित गरी पार्टी प्रवेश कार्यक्रम गर्नका लागी पार्टीका कोषाध्यक्ष दिनेश राईलाई समन्वय गरी प्रवेश कार्यक्रम गर्नका लागी जिम्मेवारी दिने निर्णय गरेको छ ।यसैगरी धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निर्वाचनका लागी पाटी भित्र समन्वय गरी आन्तरीक छलफल तथा समन्वय गरी सहयोग गर्नका लागी पार्टी सचिव विजय सन्तोषी राईलाई जिम्मेवारी दिने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । बैठकमा स्वागत मन्तव्य उपभसापति नविन किशोर शाक्यले गर्नु भएको थियो ।