आज बुधवार, षष्ठी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ४ गते


हरेकपल August 21, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ४ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको षष्ठी तिथि राति २।४२ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । अश्विनी नक्षत्र राति १०।०० बजेसम्म रहनेछ । आज गण्ड योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३७ मा छ भने सूर्यास्त बेलुका ६।३५ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज बुधबार षष्ठी तिथि कुमार कार्तिकेयको उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५