यो शरीर केका लागि हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 21, 2019

शरीरमाद्यं खलु धर्मसाधनम् । –उपनिषद्

यो शरीरको रक्षा गरेर धर्म साधना गर्नुपर्दछ ।

शरीर धर्म साधनाका निम्ति ईश्वरले सृजना गर्नुभएको हो । सर्वप्रथम शरीरको रक्षा गरेर धर्मको साधना गर्नुपर्दछ । धर्म भनेको स्वकर्मको पालना हो । स्वधर्म भनेको सत्यको मार्गमा लाग्नु हो । सबैलाई आफू समान देख्न सक्नु हो । परहितमा सदा समर्पित हुनु हाम्रो धर्म हो । अतः निरोगी रहेर यो शरीरलाई धर्मकर्ममा समर्पित गर्नुपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–