ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग


हरेकपल August 20, 2019

भदौ ३, काठमाडौं । आजको प्रतिनिधिसभा वैठकमा सांसद विमला विश्वकर्माले ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् ।

अन्य विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबिना नै काम गरिरहेका छन्’ उनले भनिन् ‘अहिले यो पेशा गर्नेहरु महिनामा २र३ लाख रुपैयाँ कमाइरहेका छन् । तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन ।’

कुनै व्यवस्था नभएका कारण ज्योतिष पेशामा थुप्रै बेथिति देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन् । ‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ । भन्ने उनको धारणा रहेको थियो ।