वर्ल्ड मिस युनिभर्सिटी नेपाल आयोजना हुने


हरेकपल August 20, 2019

काठमाडौं, ३ भदाै । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ ।

यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् ।

प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वर्ल्ड मिस युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् । वर्ल्ड मिस युनिभर्सिटीमा विभिन्न ६० देशका प्रतिस्पर्धी सहभागी हुन्छन् ।

वर्ल्ड मिस युनिभर्सिटीमा मिस विश्वविद्यालय नेपाल २०१९ (विजेता), वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ ( फर्स्ट रनरअप), वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ (सेकेन्ड रनर अप) गरी तीन मुख्य टाइटल रहेका छन् ।