कांग्रेस नेता निधिको आरोप : सरकारले मुख्यमन्त्रीलाई कमजोर बनाउँदै छ


हरेकपल August 20, 2019

बुटवल, भदौ ३ । नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले अधिकार आफैँ संकुचित गरेर प्रदेश मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

उनले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा सुरक्षादेखि धेरै विषय प्रदेशमा मुख्यमन्त्री कमजोर भएको बताए । उनको सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको दाबी रहेको छ ।

रिपोर्टर्स क्लवले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताए । उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संधिान र संघीयता धरापमा परेको आरोपसमेत लगाए । सरकार अपरिपक्व र फितलो हुँदा संविधान कार्यान्वयन हुन नसकको दाबी गरे ।

पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्तिसुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्यु भएको समेत दाबी गरे ।

उनले कांगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दाबी गर्दै कांगे्रस संविधान र संघीयताको पक्षमा रहेको बताए ।राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा प्रदेश ५ मा दुईदिने प्रशिक्षण चालएको छ ।

नेपाली कांग्रेसले प्रदेश तल्लो तह बलियो बनाउँदै जुनसुकै बेला पनि हुने निर्वाचनका लागि तयार बन्ने बताए । रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।