आज भाद्रकृष्ण सप्तमी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ५ गते


हरेकपल August 22, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ५ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको सप्तमी तिथि राति ३।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । भरणी नक्षत्र राति ११।१९ बजेसम्म रहनेछ । आज वृद्धि योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३८ मा छ भने सूर्यास्त बेलुका ६।३४ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज भाद्रकृष्णपक्षको सप्तमी तिथि । आजको दिनलाई अमुक्ताभरण सप्तमी भनिन्छ । यसैगरी आज गौरा सप्तमी तिथि पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५