मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्रीले विदेशबाटै मन्त्रिपरिषद्काे अध्यक्षता गर्न सक्ने


हरेकपल August 22, 2019

काठमाडौं– सरकारले प्रधानमन्त्री सिंगापुर भएका बेलामा पनि मन्त्रिपरिषद् बैठक चलाउन सक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्न सक्ने निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री विदेश भएका बेला पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रधानमन्त्री विदेश भएका बेला पनि भिडिओ कन्फरेन्स’बाट मन्त्रिपरिषदका बैठक बस्ने गरी व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी गराए ।

यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा काम गर्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइसकेकी छिन् ।

बिहीबार सार्वजनिक मन्त्रिपरिषद्का निर्णय