आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ भाद्र ७ गते


हरेकपल August 24, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ७ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको नवमी तिथि राति २।५४ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति १२।२८ बजेसम्म रहनेछ । आज व्याघात योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।३२ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । यसैगरी आज शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण पनि शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३, ९८०८२११२०५