आजको राशिफल २०७६ भाद्र ७ गते, शनिवार


हरेकपल August 24, 2019

मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, धन प्राप्त्किा साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

मिथुन राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः प्रिय लाभ, मित्र सुखका साथै धार्मिक कार्यमा मन जानेछ ।

सिंह राशिः द्रव्य लाभ, कान्ति वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

तुला राशिः शारीरिक आलश्यता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

वृश्चिक राशिः प्रिय लाभ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

धनु राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहनेछ ।

मकर राशिः विद्या लाभ रहनेछ, कार्य उन्नतिका साथै शिवजीको उपासना शुभ रहनेछ ।

कुम्भ राशिः कार्यमा अस्थितरा रहनेछ, खर्च बढ्नुकासाथै शारीरिक कष्ट रहने देखिन्छ ।

मीन राशिः आयमा वृद्धि हुनेछ, मित्र सुखका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५