आज आइतबार, दशमी तिथि पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ८ गते


हरेकपल August 25, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ८ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको दशमी तिथि राति १।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । मृगशिरा नक्षत्र राति १२।१९ बजेसम्म रहनेछ । आज हर्षण योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।३२ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज प्रातकालीन समयमा सूर्यलाई अर्घदान पनि शुभ रहन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५