साप्ताहिक राशिफल २०७६ भाद्र ८–१४ गतेसम्म


हरेकपल August 25, 2019

मेष राशिः मेष राशिका लागि साता उन्नतिकारक रहनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पे्रममा सफलता मिल्नुका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा उल्लेख्य प्रगतिका साथै मित्र जनको सहयोग पनि प्राप्त हुनेछ । धार्मिका यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार भने कार्यमा अवरोध रहनसक्ने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि यो साता लाभदायी रहनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । कार्यलाभका सुखद् यात्रका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यवसामा वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । साथै मित्र सहयोग प्राप्त हुनेछ । शुक्रबारबाट खर्च बढ्नुका साथै कार्यमा अवरोध रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि विशेष फलदायी रहनेछ । पराक्रम बढ्नेछ । मित्र सुख प्राप्त हुनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । भौतिक वस्तुबाट विशेष लाभ हुने देखिन्छ । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । प्रेम जीवन सफल र सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन । स्वास्थ्यको भाव सबल देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यम अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकुलता रहनसक्नेछ । मंगलबारबाट कार्यमा सफलता मिल्ने देखिन्छ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ । खेल क्षेत्र उन्नतिकारक रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्ने देखिन्छ । व्यवसायमा सफलता मिल्ने देखिन्छ । सुखद् यात्राको योग देखिन्छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । मंगल र बुधबार कार्यमा अवरोध आउनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि साता अर्थदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । प्रेममा सफलता मिल्नेछ । मित्र जनबाट भने सजग रहनु नै उचित हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । बिहीबारबाट कार्यमा अस्थिरता रहने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो साता उन्नतिकारक रहनेछ । मित्र लाभका साथै आर्थिक उन्नयन हुनेछ । विद्याको क्षेत्र सबल देखिन्छ । सुखद् यात्राको योग देखिन्छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । आय आर्जनका स्रोत बढनुका साथै कीर्ति लाभ हुने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मध्यम फलदयी रहनेछ । सोमबारसम्म कार्य अवरोधका स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यमा विशेष जागरुकता रहनेछ । यात्राका अवसर मिल्नेछन् । राजनीतिक कार्यमा विशेष रुचि रहने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो साता कार्यदायी रहनेछ । व्यापारमा वृद्धि हुनेछ । धनको क्षेत्र सबल रहने देखिन्छ । समाजिक कार्यमा रुचि जाग्नेछ । शत्रु पराजित हुनेछन् । साथै आर्थिक उन्नति हुने देखिन्छ । विद्या लाभदायी रहनेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । मंगल र बुधबार शारीरिक आलस्यता बढ्नुका साथै कार्यमा अवरोध आउन सक्ने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता लाभदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आमदानीका स्रोत पनि बढ्दै जानेछन् । अध्ययनमा सफलता मिल्नुका साथै साहित्यमा विशेष अभिरुचि रहनेछ मित्र सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्नेछ । बुध र विहीबार कार्यमा अवरोध हुनुका साथै मिथ्यापवाद लाग्न सक्ने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता फलदायी रहनेछ । कार्य लाभका साथ अध्ययनमा रुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग देखिन्छन् । मित्र सहयोग प्राप्त हुनेछ । बुध र विहीबार खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा बाधा रहन सक्नेछ । सो पश्चात्को समय उन्नतिकारक रहनेछ । कार्यलाभका साथै मित्र सहयोग प्राप्त हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट पनि सफलता हात पर्ने देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहनेछ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५