कस्ता कुरा मनमै राख्नुपर्दछ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल August 25, 2019

अर्थनाशं मनस्तापं गृहिणी चरितानि च ।
नीचवाक्यं मनस्तापं मतिमान्न प्रकाशयेत् ।। – चाणक्य नीति

धन नाश भई मनमा चिन्ता भएको, पत्नीको चरित्र स्तुति, नीचको वचन र अपमान जनक कुरा सधैँ गोप्य राख्नु पर्दछ ।

धन नाश भएको र मनमा ताप भएको कुरा कहिल्यै प्रकाशमा नल्याउनु भन्ने चाणक्यको नीति रहेको छ । अर्थात् खर्च नभएर आफू तनावमा रहेको कुरा कसैलाई पनि नभन्नू । धन नाश भए पनि धनले नाशिएको जस्तो नबन्नु भन्ने चाणक्यको आशय हो । यसैगरी पत्नीको चरित्रका बारेमा पनि अरुलाई कुरा नखोल्नु भन्ने चाणक्यको मत छ । यसैगरी खराव चरित्रवाला व्यक्तिले वोलेको वचनको पनि प्रचार गर्नु हुँदैन भनिएको छ । अपमान जनक कुरालाई पनि प्रकाश नगर्नू अर्थात् कसैलाई नसुनाउनु भन्ने चाणक्यको नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –