धनकुटामा सशस्त्र प्रहरीद्धारा रक्तदान


हरेकपल August 25, 2019

धनकुटा । धनकुटा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा भदौ ६ गते धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्र्तग धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको गुल्मपति डि एस पी सचिन कर्माचार्यले जानकारी दिएका छन् ।

गुल्मपती कर्माचार्य सहित सशस्त्र प्रहरीहरु,नेपाल प्रहरीहरु र धनकुटाबासीहरु गरी ५७ जना पुरुष र ७ जना महिलाहरुले रक्तदान गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखकोको सहयोगमा उक्त रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले आयोजना गरेको हो ।

शरु राई,