दूई दिन सम्म चलेर सकियो रामेछाप काँग्रेस बैठक


हरेकपल August 25, 2019

-वद्री नयाँघरे –

रामेछाप । नेपाली काँग्रेसको मन्थलीमा चालु जिल्ला जिल्ला समितिको वैठक विभिन्न एजेण्डा पारीत गर्दे सकिएको छ । शुक्रवार र शनिवार गरि दुई दिन सम्म चलेको वैठकमा ३३ जना सदस्यहरुले पार्टि सभापति लवश्री न्यौपानेद्धारा प्रस्तुत विभिन्न एजेन्डा र संगठन सुधारका पक्षमा बोलेका थिए ।  वैठकमा सहभागि सदस्यहरुले नेपाली काँग्रेसको ऐतिहासीक यात्रा र त्यसको संगठनको गतिमा सुधार आवश्यक रहेको र त्यसका लागि आफुहरु जस्तोसुकै कुर्वानी गर्न पछि नपर्ने धारणा राखेका थिए ।

उनिहरुले काँग्रेसका हरेक कृयाकलापहरुलाई जनमैत्री वनाउनु पर्ने र त्यसका लागि परिवर्तन अनुशासन मुल आधार वनाउँदै अन्र्तघातका कर्महरु वन्द गर्नका लागि पार्टिले संस्थागत रुपमा पहल गर्नु पर्ने बताएका थिए । उनिहरुले परिवर्तनको मुद्धालाई व्यवहारमा नढाले सम्म पर्टिमा परिवर्तन सम्भव नभएको पनि बताएका थिए । उनिहरुले पछिल्लो समयमा पार्टि राजनितिमा देखिएको विकृतिले कार्यकर्ताहरुमा असन्तुष्टि बढेको र त्यसलाई सहि मार्गमा ल्याउन पनि पार्टिमा मुहान देखिनै सफाई आवश्यक रहेको बताएका हुनु । संघिय स्थानिय र पार्टिको आन्तरिक निर्वाचनमा पनि पटक पटक अन्र्तघात र चरम गुटवन्दीका कारण पार्टिको संगठन तहस नहस भएको भन्दै उनिहरुले पार्टि सुधारका लागि उसको मुहान सफाई आवश्यक रहेको वताएका हुन् ।
वैठकका सहभागि सदस्य हरुले नेपालको ऐतिहाँसिक परिवर्तनमा नेपाली काँग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको वारेमा चर्चा गर्दै त्यसलाई निरन्तरता दिनको लागि पनि काँग्रेसले अनुशासन अन्र्तघात र परिवर्तन मुद्धा लाई प्रमुख रुपमा उठाउन र त्यसको कार्यान्वयनको पक्षमा जिल्ला समितिको वैठक वाट निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाउन सुझाव दिएका थिए ।
सहभागिहरुले नितिगत रुपमानै मुहान सफा गरि आफनो स्वाभाव र चरित्रमा समेत सुधार गर्नु पर्ने र त्यो नभए सम्म पार्टिमा परिवर्तन सम्भव नभएको धारणा राखेका थिए । लामो समय सम्म सत्ताको राजनिति गरेको र त्यसको उचित व्यवस्थापन गर्न नसकेका कारण पार्टिमा निजि स्वार्थ गुट र अन्र्तघात झाँगिएको भन्दै त्यसको अन्त्यका लागि पार्टिले जिल्ला स्तरमा निर्णय गरि केन्द्र सम्म पुर्याउन पनि सुझाएका थिए । शुक्रवार र शनिवार गरि २ दिन सम्म चलेको वैठकमा जिल्ला समितिको वैठकको पहिलो दिन समितिका १९ जना र दोस्रो दिन थप १४ जना सदस्य हरुले आ आफनो धारणा राखेका थिए ।

सभापति लवश्री न्यौपानेले प्रस्तुत गरेको मुख्य एजेण्डा माथि व्यापक छलफल हुनुका साथै प्रस्तावित एजेण्डा सहभागि सदस्यहरुले सर्व सम्मत रुपमा पारीत गरेको पार्टि कोषाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् । वैठकले पार्टिको जिल्ला भेलाको मिति आगामी पुषमा गर्ने तय गरेको छ । त्यस्तै आगामी भदौ २४ गते मनाउने विपी स्मृति दिवस सुनपति गाउँपालीकाको वेथानमा गर्ने र पार्टि केन्द्रिय कार्यालयको निर्णय अनुसार दोस्रो चरणको जागरण अभियान लाई पनि साविकको क्षेत्र नं १ र क्षेत्र नं २ मा एकै साथ संचालन गर्ने निर्णय समेत गरेको पनि कोषाध्यक्ष श्रेष्ठले वताए ।
त्यस्तै वैठकले लामो समय देखि मनोनित हुन नसकेका पार्टिक सवै विभागहरुलाई नेताहरुका विचमा व्यापक छलफल गरि आगामी वैठकवाट पुर्णता दिने निर्णय गर्नुका साथै पार्टिमा निरन्तरता हुन नसकेको मासिक लेविलाई निरन्तरता दिंदै प्रस्तावित भवन निर्माणको कामलाई पनि तत्काल अघि वढाउने भएको छ । वैठकमा सभापति लवश्री न्यौपाने संग असहमति राख्ने केहि जिल्ला समितिका सदस्य हरु भने उपस्थीति भएका थिएनन् ।